देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ एडिलेडमा विशेष प्रदर्शन हुँदै

नेपाली समुदायलाई राष्ट्रिय एकताको भावनामा जोड्ने उद्देश्यसहित देशभक्तिपूर्ण नेपाली चलचित्र ‘काँडेतार’ एडिलेडमा विशेष रूपमा प्रदर्शन हुने भएको छ।

२०२५ जुन २० तारिख, शुक्रबार साँझ ६ बजे, एडिलेडको The Regal Theater मा सो चलचित्रको विशेष स्क्रिनिङ हुने आयोजकले जनाएका छन्। Yarsa Events & Entertainment को आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाली समुदायमा देश, सीमाको सुरक्षा, भ्रष्टाचारविरुद्धको संघर्ष र राष्ट्रिय चेतनालाई सशक्त रूपमा उजागर गर्ने उद्देश्यले गरिएको हो। नेपालका चर्चित निर्देशक नवल खड्काद्वारा निर्देशित फिल्ममा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय प्रस्तुत गरिएको छ।

spot_img

‘काँडेतार’ फिल्मले विदेशमा बसोबास गर्ने नेपाली, विशेष गरी नयाँ पुस्तालाई नेपालको वास्तविकता र समकालीन समस्याबारे गम्भीर सन्देश दिन खोजेको छ। चलचित्रमा सीमावर्ती क्षेत्रमा भइरहेका चुनौती, राष्ट्रिय स्वाभिमानको रक्षा र जनताको आवाजलाई केन्द्रमा राखिएको छ। आयोजक संस्था यार्सा इभेन्ट्सका अनुसार यो फिल्म केवल मनोरञ्जनको साधन नभएर राष्ट्र, सत्य र परिवर्तनप्रतिको प्रेरणा समेत हो। कार्यक्रममार्फत देशप्रेम र सामाजिक उत्तरदायित्वको भावना बढ्ने विश्वास आयोजकले लिएका छन्। फिल्म हेर्न चाहने दर्शकहरूले https://ticketcart.com.au/events/kadetar-movie-adelaide-show मा गएर अनलाइन टिकट बुक गर्न सक्नेछन् भने फिजिकल टिकट पनि उपलब्ध रहेको जानकारी दिइएको छ।

आयोजकले सबै नेपाली समुदायलाई फिल्म हेर्न आह्वान गर्दै भनेका छन्, “देश, सत्य र एकताको आवाज बोकेको यो फिल्म सबै नेपालीले हेर्नैपर्ने खालको छ। आउनुहोस्, सँगै हेरौं, सँगै अनुभूति गरौं।” यो विशेष प्रदर्शनीले एडिलेडस्थित नेपाली समुदायमा राष्ट्रियताको चेतना थप बलियो बनाउने अपेक्षा गरिएको छ।

spot_img