झुटा पेन्सन दाबी फैलाउने धुर्त वेबसाइटहरुदलाई कर कार्यालयद्वारा कडा चेतावनी

अस्ट्रेलियाली कर कार्यालायहरुद्वारा निवृत्तिभरणमा पहुच गर्न सक्ने उमेर बढेर ७० वर्ष हुने दाबी गर्ने धुर्त वेबसाइटहरुको बारेमा चेतावनी जारी गरेको छ । अस्ट्रेलियालिहरुले अवकासको क्रममा आफ्नो सुपर बचतमा पहुच गर्न सक्ने उमेर ६० वर्ष तोकिएको छ । र अर्को महिनाको सुरुदेखी यो परिवर्तन हुने छैन ATO ले भन्यो । पुनः निर्वाचित लेबर सरकारले निवृतभरण संरक्षण उमेर नियमहरुलाई १० वर्षमा परिमार्जन गर्ने भन्ने गलत दाबीहरुले ATO रिमाइन्डलाई बढावा दियो । ती दाबीहरू ‘क्लासिक फेक न्युज ‘ भएको ATO उपायुक्त एम्मा रोसेन्जवेग ले बताइन ।


‘तपाईले देख्नुहुने जानकारीको स्रोतलाई सधै विचार गर्नुहोस ,र यदि शंका छ भने ATO वेबसाइट , तपाइको सुपर फन्ड वेबसाइड ,तपाईकोदर्ता गरिएको कर एजेन्ट वा इजाजतपत्र प्राप्त वित्तीय सल्लाहकार जस्ता विश्वसनिय स्रोतहरूमा जानुहोस ,’ उनले भनिन ।’तपाइको TFN ,पहिचान विवरण वा mygov लगइन विवरणहरु जस्ता तपाईको व्यक्तिगत जानकारी संकलन गर्ने प्रयास गरिरहेका वेबसाइटहरुबाट सतर्क रहनुहोस ।’
गैर -आधिकारिक वेबसाइटहरु वा सामाजिक संजालहरु सहित तेस्रो -पक्ष स्रोतहरुबाट सुनेको जानकारीमा काम गर्नु अघि दुई पटक सोच्नुहोस ।,’ व्यक्तिहरु वा कम्पनीहरुबाट नि;शुल्क विशेषज्ञ कर सल्लाहको सल्लाहहरुबाट सचेत रहन पनि ATOले चेतावनी दिइरहेको छ । कर मामिलामा सहयोग गर्ने प्रस्ताव गर्ने जो कोहि पनि अभ्यासरत वकिल हो वा कर अभ्यासकर्ता बोर्डमा दर्ता भएको छ भनि सुनिश्चित गर्नुपर्छ ।

Advertisement