क्यानबेरा: नृत्य,संगीत,चित्रकला,अभिनय जस्ता सृजनात्मक पेशाहरूले अष्ट्रेलियाको आर्थिक र सांस्कृतिक क्षेत्रब्यवसायिक बन्दै गएको छ ।डान्स जस्ता सृजनात्मक पेशा अष्ट्रेलियाको रोजगारी बजारमा मजबुत र स्थापित साथै ब्यवसायिक बन्दै गएको हो ।
अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स द्वारा सार्वजनिक गरिएको२०२१ को जनगणना अनुसार, १५ देखि ६४ वर्ष उमेर समूहका ५ हजार ६ सय ७८ जना मानिस नृत्यसम्बन्धी शैक्षिक योग्यता प्राप्त गरेर पेशागत रूपमा संलग्न छन । तीमध्ये करिब २५ प्रतिशतले नृत्य शिक्षकको रूपमा काम गरिरहेका छन्, ।
जसले नयाँ पुस्तालाई सीप सँगै ब्यवसायिक बन्ने प्रेरणा दिइएको ब्यूरो अफ स्ट्याटिस्टिक्स द्वारा जारी सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।विशेषज्ञहरूको भनाइ अनुसार, यस्ता पेशाले आत्मविश्वास वृद्धि, मानसिक सन्तुलन, र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्दछ ।
नेपाली विद्यार्थीहरूले पनि कामका लागि काम होइन रुचीका लागि काम भन्ने सोच अपनाउनु आवश्यक छ । नृत्य सिकाउने,संगीत प्रशिक्षण दिने,कला प्रदर्शनी गर्ने जस्ता सीपहरूलाई पेशाको रूपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको संगीत साधकहरु बताउछन् ।पछिल्लो जनगणनाको तथ्यांकले देखाएको छ कि डान्सजस्ता सृजनात्मक पेशा अष्ट्रेलियाको रोजगारी बजारमा मजबुत रूपमा स्थापित भइसकेका छन्।
नेपालबाट अष्ट्रेलिया आएका धेरै विद्यार्थीहरू पढाइसँगै थकाइ दिने फिजिकल काममा समय खर्चिरहेका छन्। परिणामस्वरूप शैक्षिक प्रदर्शनमा असर पुग्ने,मानसिक तनाव बढ्ने र दीर्घकालीन रुपमा जीवनशैली असन्तुलित हुने समस्या देखिन्छ । जब कि, कलात्मक र सृजनात्मक क्षेत्रहरूमा संलग्न भएमा व्यक्ति न केवल आर्थिक रूपमा सक्षम बन्न सक्छ, तर आफ्ना रुचीहरू पनि जिउन पाउँछ ।
गीत संगीतलाई पेशाको रुपमा अपनाए सोच र व्यवहार परिवर्तनले विदेशमा रहेका नेपालीहरूलाई थकाइपूर्ण दैनिकीबाट मुक्ति दिई आत्मसन्तोष र सन्तुलित जीवनतर्फ डोर्याउन सक्ने रंगकर्मीहरुको बुझाई छ ।
