अष्ट्रेलियामा विदेशी लाइसेन्स अमान्य

क्यानबेरा : सडक सुरक्षा सुधार गर्ने भन्दै अष्टे«लियनले सरकारले लागू गरेको नयाँ सडक नियमअनुसार अब पुरानो विदेशी ड्राइभिङ्घ लाइसेन्सले अष्ट्रेलियाको लाइसेन्स नपाउने भएको छ । अष्ट्रेलियाले लागू गरेको नयाँ सडक नियमअनुसार अब पुरानो विदेशी ड्राइभिङ्घ लाइसेन्सले अष्ट्रेलियामा सिधै लाइसेन्स लिन नपाइने ब्यवस्था लागु भएको हो ।

 यस ब्यवस्थाले नेपाल लगायतका मुलुकको ड्राइभिङ्घ लाइसेन्स अनुमति प्राप्त गरेका धेरै आप्रवासीहरूले तालिम माफैत लिखित र ट्राइल पास गर्नु पर्ने छ । पहिलेको   Experienced Driver Recognition -EDR प्रणाली अन्तर्गत, नेपाललगायत विभिन्न देशहरूबाट आएको व्यक्तिहरूले अष्ट्रेलियामा परीक्षण नदिई सीधै ड्राइभर लाइसेन्स साट्न पाउने सुविधा पाइरहेका थिए। 

सडक सुरक्षामा सुधार गर्ने उद्देश्यले लागू गरिएको यो नियम हाल केही राज्यहरूमा पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ । अन्य राज्यहरूमा भने आगामी महिनाहरूमा क्रमशः लागु हुने जनाइएको छ। न्यू साउथ वेल्स र पश्चिम अष्ट्रेलियामा यो नियम ३१ अक्टोबर २०२५ देखि लागू हुनेछ, जबकि क्विन्सल्याण्डमा भने २०२५ को मध्यतिर लागु गरिनेछ।हालसम्म यो नियम बल्गेरिया, हंगेरी, दक्षिण कोरिया, हङकङ, स्लोभेनिया र दक्षिण अफ्रिकाजस्ता देशका लागि कार्यान्वयनमा आइसकेको छ ।

 विशेषगरी अष्ट्रेलियामा स्थायी बसोबास गरिरहेका र २५ वर्ष उमेर नाघेका नेपाली नागरिकहरूका लागि यो परिवर्तन निकै महत्त्वपूर्ण छ ।यदि निर्धारित समयसीमा भित्र विदेशी लाइसेन्स अष्ट्रेलियन लाइसेन्समा रूपान्तरण नगरेमा सम्बन्धित व्यक्तिलाई नयाँ तालिम लिनुका साथै लिखित तथा व्यवहारिक परीक्षण दिनुपर्नेछ।सडक सुरक्षामा सुधार गर्ने लक्ष्यका साथ ल्याइएको यो नीति अन्तर्गत अब ड्राइभरलाई अष्ट्रेलियन मापदण्डअनुसार योग्य सावित हुन आवश्यक पर्नेछ ।