अष्ट्रेलियामा हुण्डीको नाममा नेपाली आप्रवासीहरूलाई ठगी गर्ने आरोपी भरत केसीको स्थायी बसोबास अनुमति (PR) अष्ट्रेलियाली सरकारले रद्द गरेको छ।
२०२२ मा आर्थिक ठगीको अभियोगमा ३ वर्ष १० महिनाको जेल सजाय पाएका केसीले २० भन्दा बढी नेपालीहरूबाट झन्डै २ लाख २० हजार अष्ट्रेलियन डलर संकलन गरेका थिए। उनले न त रकम नेपाल पठाए, न त पीडितलाई फिर्ता गरे।
अदालतको फैसला र गृह मन्त्रालयको कारबाहीपछि केसीको PR अधिकार खारेज गरिएको हो। अष्ट्रेलियाली कानुन अनुसार गम्भीर अपराधमा दोषी ठहरिएका आप्रवासीहरूको स्थायी बसोबास अनुमति रद्द गर्न सकिने व्यवस्था छ।
घटनापछि नेपाली समुदायमा हुण्डी कारोबार र आर्थिक ठगीप्रति चासो बढेको छ। अधिकारीहरूले वैधानिक माध्यमबाट मात्रै आर्थिक कारोबार गर्न सुझाव दिएका छन्।
