क्यानबेरा,अष्टेलियाको संघीय सरकारले नेपाली मल्टी कल्चरल सेन्टरलाई ३ लाख८५ हजार डलर वरावरको अनुदान प्राप्त गर्ने पक्का भएको छ । अष्टेलियाको मेलर्बन शहरको नेपाली कल्चर सेन्टरलाई संघीय सरकारले अनुदान दिने पक्का भएको हो ।
होक निर्वाचन क्षेत्रका संघीय सांसदको हालैको भ्रमणपछि यो घोषणा गरिएको हो ।जसमा आगामी संघीय चुनावमा लेबर सरकार पुनःसत्तामा आएमा सो रकम उपलब्ध गराइने स्पष्ट संकेत दिइएको छ ।
यो अनुदान प्राप्त भएपछि ANMC मा आधुनिक र पूर्ण रूपमा सुसज्जित भान्सा निर्माण हुने तयारी छ । नयाँ पूर्वाधार अन्तर्गत समुदायले ठूला कार्यक्रमहरूका लागि आवश्यक खाद्य भण्डारणका उपकरणहरू, विशेषगरी कूलर रुम, प्राप्त गर्नेछ । साथै, एउटा फरक र समर्पित डाइनिङ क्षेत्रको निर्माण हुनेछ, जसले विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम र सामाजिक जमघटहरूलाई अझ सहज र व्यवस्थित बनाउने बुझीएको छ ।
यो विकाससँगै ANMC ले आफ्नो सेवा विस्तार गर्दै बहुसांस्कृतिक कार्यक्रमहरूलाई अझ समावेशी, स्तरीय र सशक्त बनाउने दिशामा ठोस कदम चाल्ने संकेत गरेको छ । नयाँ पूर्वाधारले नेपाली समुदाय मात्र होइन, मेलबर्नका अन्य जातीय तथा सांस्कृतिक समूहहरूलाई पनि आकर्षित गर्ने सम्भावना देखिएको सासदहरुले बताएका छन् ।
यस योजनाले मेलबर्नस्थित नेपाली समुदायको सामाजिक सहभागिता, सांस्कृतिक अभिव्यक्ति र आपसी सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ । साथै, व्यवसायिक मापदण्डअनुसार खाना पकाउने, भण्डारण गर्ने र सेवा प्रदान गर्ने क्षमता पनि उल्लेखनीय रूपमा वृद्धि हुनेछ ।
संघीय सरकारको प्रस्तावित यो सहयोगले ANMC लाई केवल सामाजिक क्रियाकलापको केन्द्र मात्र नभई आगामी पुस्ताहरूका लागि अवसर र प्रेरणा सिर्जना गर्ने संस्थाका रूपमा रूपान्तरण गर्नेछ भन्ने विश्वास गरिएको छ।






