क्यानबेरा : प्रवासी नेपालीहरूलाई आफ्नै मौलिक संस्कृति तथा परम्परासँग जोड्ने उद्देश्यले सत्संग गुठि क्यानबेराले दोस्रो संस्करणको धिमे वाजा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गरिएको सो तालिम तीन महिनासम्म सञ्चालन गरिएको थियो, जसको समापन हालै एक समारोहका साथ सम्पन्न भयो।
अष्ट्रेलियाको क्यानबेरामा आयोजित यस तालिममा प्रशिक्षक विजय महर्जनले १० जना सहभागीहरूलाई धिमे वाजा सम्बन्धी ज्ञान र सीप प्रदान गरेका थिए। तालिम KTM Event Management Office मा सञ्चालन गरिएको थियो।
तालिम समापन समारोहमा गुठि क्यानबेराका सरोज महर्जनले सहभागीहरूले आर्जन गरेका सीपहरू व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। उहाँले भन्नुभयो, “धिमे वाजा केवल बाजा मात्र होइन, यो हाम्रो मौलिक संस्कृति र पहिचान हो।”
गुठि क्यानबेराले सन् २०२३ मा पहिलोपटक धिमे तालिम आयोजना गरेको थियो। संस्थाले यो तालिमलाई निरन्तरता दिँदै हरेक ६ महिनामा नयाँ वाद्यवाधक प्रशिक्षित गर्ने लक्ष्य राखेको जानकारी दिएको छ।
समापन समारोहकै अवसरमा गुठि क्यानबेराले सदस्यता अभियानलाई थप सशक्त बनाउँदै सम्पूर्ण नेपाली समुदायलाई सदस्य बन्न आह्वान गरेको छ।
अध्यक्ष सरोज महर्जनले भन्नुभयो, “गुठिको सदस्यता भनेको केवल नाम लेखाउने प्रक्रिया मात्र होइन, यो हाम्रो मौलिक पहिचानको रक्षाका लागि जिम्मेवारी बहन गर्ने अवसर हो। हामी सबै मिलेर विदेशमा पनि आफ्ना बाजा, भेषभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक छ।”उहाँले आग्रह गर्नु भयो ।
गुठि को सदस्यता लिन इच्छुक व्यक्तिहरूले तल दिएको लिंक बाट प्रक्रिया पूरा गर्न सक्नेछन्:
https://guthicanberra.org/plans/become–a–member/
गुठि क्यानबेराले विगतदेखि नै विभिन्न सांस्कृतिक र सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको छ । संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर दिने प्रतिबद्धता जनाएको छ ।
