सुनको मुल्य तोलामा ५ सय बढ्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८४ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ कायम रहेको थियो ।