एक दसक कै अन्त्य सम्म १सय ८८ अर्ब डलर ऋण पुग्ने अनुमान गर्दै भिक्टोरियन राज्य सरकारले ३हजार सार्वजानिक सेवाका कर्मचारी कटौतीको योजना ल्याएको छ । राज्यको कुल कर्मचारी संख्या पाँच प्रतिशतले कटौती गर्ने योजना अघि सारेको हो ।
२०२४ – २५ को बजेट अनुसार भिक्टोरियाको ऋण दशकको अन्त्य सम्ममा १सय ८८ अर्ब डलर पुग्ने अनुमान छ । यसै कारण राज्य सरकारले अत्यधिक खर्च नियन्त्रण गर्न कदम चालेको बताइएको छ ।
राज्यकी कोषाध्यक्ष ज्याकलिन साइमेन्स ले आगामी मे महिनामा आउने बजेटलाई मार्गदर्शन गर्न सरकारको खर्चबारे विस्तृत समीक्षा गर्न आदेश दिएकी छिन । सरकारले कार्यक्रम र सेवा दोहोरिएका ठाउँ पहिचान गरी कटौती गर्ने बताएको छ । साथै, कार्यकारी तहमा समेत संख्यात्मक कटौती गरिने योजना छ ।
यो कटौतीले भिक्टोरियाका जनताको आवश्यकता अनुसार सरकारी सेवा परिमार्जन गर्न सहयोग पु¥याउने कोषाध्यक्ष साइमेन्सले बताउनु भयो । २० वर्षदेखि निरन्तर चलिरहेका तर समुदायको आवश्यकतासँग मेल नखाने कार्यक्रमलाई हटाउन आवश्यक रहेको उहाँले भन्नु भयो । सरकारको समीक्षा प्रतिवेदन आगामी जुन महिनामा आउनेछ, जसका प्रारम्भिक निष्कर्षहरू मे बजेटमा समावेश गरिनेछ ।
भिक्टोरियन राज्य सरकारको यो निर्णयप्रति कम्युनिटी एन्ड पब्लिक सेक्टर युनियन (ऋएक्ग्) ले कडा आपत्ती जनाएको छ । सरकारले यस्तै समिक्षाका नाममा करोडौँ खर्च गरेर विभाग विलय गर्ने योजना बनाएको युनियनकी सचिव करेन ब्याटले आरोप लगाए कि छिन् ।सार्वजनिक सेवाले पछिल्ला तीन बजेटहरूमा ५ अर्ब डलर बचत गरिसकेको छ । अब बचत गर्न अरू केही बाँकी छैन ब्याटले भन्नु भयो ।
