सुनको मुल्य आजपनि बढ्यो

माघ २९, २०८१ काठमाडौँ: नेपाली बजारमा सुन मुल्य आजपनि बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले बढेर एक लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६९ हजार ६०० सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर तोलाको १९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।