अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको सामान्य वृद्धिले स्थानीय बजारलाई पनि प्रभाव पारेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला रु ८ सयले बढेर रु १ लाख ५४ हजार १ सय पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेर रु १ हजार ८४५ मा कारोबार भइरहेको छ।
बिहीबारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा भएको यो वृद्धिले स्थानीय बजारमा माग र आपूर्तिमा केही असर पर्ने अनुमान गरिएको छ।
