सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पुष १७, २०८१ काठमाडौँ: आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १४ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।