नयाँ वर्ष २०२५ को आगमन संगै जनवरी १ बाट अस्ट्रेलियामा विभिन्न नयाँ कानुन आवस्यक कागजात मा लाग्ने शुल्क मा परिवर्तन लागू हुँदैछन्, जसले नागरिकहरूको दैनिक जीवन र सरकारी नीतिहरूमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।
अस्ट्रेलियन पासपोर्टको शुल्क पनि नयाँ वर्षको सुरुआतसँगै वृद्धि भएको छ । १० वर्षे पासपोर्टको शुल्क $३९८ बाट बढेर $४१२ पुगेको छ , बालबालिका र ज्येष्ठ नागरिकहरूको ५ वर्षे पासपोर्टको मूल्य पनि $२०१ बाट बढेर $२०८ पुगेको छ । चारजनाको परिवारको पासपोर्ट बनाउन अब $१,२४० लाग्नेछ , जुन
पहिला निरधार्ण गरिएको रकम भन्दा $४२ बढी हो। यो शुल्क वृद्धिका बारेमा सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ ।
त्यस्तै, जनवरी १ देखि अस्ट्रेलियामा तलब ठगीलाई अपराध मानिने कानुन लागू भएको छ। यदि कुनै नियोक्ताले कर्मचारीको तलब नियतपूर्वक कम तिर्ने काम गरेमा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय वा $१.६५ मिलियन जरिवाना हुने छ भने कम्पनीहरूले भने $८.२५ मिलियनको जरिवाना तिर्नुपर्नेछ। यद्यपि,
नियत पुर्वक कम हो कि कागजी प्रक्रिया मा त्रुटी भएको भन्ने कुराको छानबिन भने फेयर वर्क ओम्बुड्सम्यानले गर्ने छ ।
जनवरी १ देखि सेन्टरलिङ्क payments पनि वृद्धि भएको छ । १० लाखभन्दा बढी अस्ट्रेलियाली हरुले अब बढेको payment प्राप्त गर्नेछन कति बढ्यो त payments भन्ने समग्र जानकारी centerlink को अधिकारिक वेबसाईट मा तपाइले प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी नयाँ वर्ष बाट नै Vehicle Efficiency Standard Vehicle Emissions मा कमी ल्याउन अस्ट्रेलियामा NEW Vehicle Efficiency Standard लागू हुनेछ। यस मापदण्डले नयाँ कारहरूको प्रदूषण नियन्त्रण गर्ने र सरकारको नेट-जीरो टार्गेट प्राप्त गर्ने उद्देश्य राखेको छ। यद्यपि, केही आलोचकहरूले यसलाई “नयाँ कारमा कर” भनेर आलोचना गरेका छन्।
साथै, जनवरी १ देखि न्यू साउथ वेल्समा प्लास्टिकका केही वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाइने छ। अबदेखि, spoons, plastic plates र straw जस्ता प्लास्टिकका वस्तुहरूको प्रयोग प्याकेजिङमा गर्न पाइने छैन। यसका साथै, सामुदायिक समूह र गैर-नाफामुखी संस्थाहरूलाई पनि यी वस्तुहरू वितरण गर्न रोक लगाइनेछ ।
