सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Fancy designer antique golden bracelets for woman fashion studio shot.

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । प्रतितोला ५ सय  रुपैयाँले  घटेर आज प्रतितोला  १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार भने प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ कायम भएको थियो ।