दुधमा कहिले पनि नमिसाउनुहोस् यी कुरा

दूधलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ, किनकि यसमा क्याल्सियम, प्रोटिन, भिटामिन, र मिनिरल्स जस्ता पोषक तत्त्वहरू प्रचुर मात्रामा पाइन्छ। तर, दूधलाई सही तरिकाले सेवन नगर्दा यो फाइदाभन्दा हानिकारक बन्न सक्छ।

सबैभन्दा हानिकारक संयोजन भनेको दूधमा चिनी मिसाउनु हो। धेरै मानिसले दूधलाई मीठो बनाउन चिनी प्रयोग गर्छन्, तर यसले तौल बढ्ने र मधुमेहको जोखिम निम्त्याउन सक्छ। चिनीले दूधको क्यालोरीलाई पनि बढाउँछ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ। दूधलाई मीठो बनाउन मह प्रयोग गर्नु स्वस्थ विकल्प हुन सक्छ।

त्यस्तै, दूधमा क्याफिन मिसाएर सेवन गर्न पनि उपयुक्त हुँदैन। चिया वा कफीसँग दूध पिउँदा यसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ र दूधका पोषक तत्त्वहरूको अवशोषणमा समस्या ल्याउँछ। यसले शरीरलाई आवश्यक ऊर्जा दिनुको सट्टा उल्टै पाचन समस्याको कारण बन्न सक्छ।

चकलेट सिरप वा अन्य स्वादयुक्त सिरप पनि दूधसँग मिसाएर पिउनु उपयुक्त छैन। यस्ता सिरपहरूमा अस्वास्थ्यकर बोसो र कृत्रिम सामग्री हुन्छन्, जसले तौल बढाउनुका साथै मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ। यसको सट्टा मह, अलैँची, वा ल्वाङजस्ता प्राकृतिक पदार्थ प्रयोग गर्दा स्वाद पनि बढ्छ र स्वास्थ्य पनि राम्रो रहन्छ।

दूधलाई पोषणदायी बनाउन सही संयोजनको महत्त्व छ, अन्यथा यसले फाइदाभन्दा बढी नोक्सान पुर्‍याउन सक्छ।