अष्ट्रेलिया: महादेशको रूपमा परिचित देशको रोचक तथ्यहरू

हिन्द महासागरले घेरिएको अष्ट्रेलिया एउटा अनौठो महादेश हो ,यसलाई विचित्रता को माहदेश भनेर पनि चिनिन्छ । ७६ लाख ९२ हजार २४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस देशको राजधानी क्यानबेरा र सबैभन्दा ठूलो सहर सिड्नी हो। यो देश विश्वका १२ औं धनी राष्ट्रहरूमध्ये एक हो। सन् २०१४ का तथ्यांकअनुसार, प्रति व्यक्ति आयमा अष्ट्रेलिया विश्वमै पाँचौं स्थानमा पर्दछ। सेना र सुरक्षामा गरिएको खर्चका आधारमा यस देशले विश्वमा १३ औं स्थान ओगटेको छ।

अब जानौ अष्ट्रेलियाको रोचक तथ्यहरु:

  • ८५ प्रतिशत भन्दा बढी नागरिक समुन्द्री किनाराको ५० किलोमिटर दुरी भित्र बस्दछन्।
  • सन् १८८० मा मेलवर्न विश्वकै सबैभन्दा धनी शहर थियो।
  • जिना रिनेहार्ट, अष्ट्रेलियाकी सबैभन्दा धनी महिलाको प्रत्येक आधा घण्टा कमाइ १ मिलियन डलर रहेको छ। अर्थात प्रति सेकेन्ड ५९८ डलर।
  • महिलालाई भोटको अधिकार दिने अष्ट्रेलिया विश्वको दोस्रो देश हो। महिलालाइ भोटको अधिकार दिने सुरुवाती देश न्युजील्याण्ड हो।
  • अष्ट्रेलियान निकै कम जनघनत्व भएको देश हो। ब्रिटेनको प्रति वर्ग किलोमिटरको जनघनत्व २४८.२५ रहेको छ भने अष्ट्रेलियाको २.६६।
  • अष्ट्रेलियाको पहिलो प्रहरी फोर्स राम्रो व्यवहार गर्ने कैदीहरु मिलाएर बनाइएको थियो।
  • अष्ट्रेलियामा प्रत्येक दिन नयाँ समुन्द्री तट एक एक गर्दै जाँदा सबै समुन्द्री तट घुम्न २७ वर्ष लाग्नेछ।
  • सन् १९०२ भन्दा पहिले समुन्द्री किनारामा पौडी खेल्नु गैरकानुनी मानिन्थ्यो।
  • सन १९६७ मा अष्ट्रेलियाका प्रधानमन्त्री चेभोइट तटमा पौडी खेल्न गएका थिए, त्यपश्चात उनी कहिल्यै फेला परेनन।
  • सन् १९८४ सम्म अष्ट्रेलियाको राष्ट्रियगान ‘गड सेभ द किङ/क्वीन’ थियो।
  • अष्ट्रेलिया विश्वकै उच्च विद्युत मुल्य भएको देश हो।
  • साउदी अरबले अष्ट्रेलियाबाट उँट किन्ने गर्छ। मुख्यत: मासुको लागि।
  • संयुक्त राष्ट्रसंघको स्थापक देश मध्ये अष्ट्रेलिया पनि एक हो।
  • मेलवर्न विश्वकै सबैभन्दा बढी खेलप्रेमी सहर हो। अन्य ठाउँको तुलनामा विश्वकै चर्चित खेलहरु मेलवर्नमा सजिलै खेल्न सकिन्छ।
  • कङ्गारु जन्मदाँ केवल १ सेन्टीमिटरको हुन्छ।
  • अष्ट्रेलियन नागरीकले औसत वार्षिक ९६ लिटर वीयर पिउँछन।
  • अष्ट्रेलियन विश्वको एक मात्र त्यस्तो महादेश हो जहाँ सक्रिय ज्वालामुखी छैन।
  • विश्वकै सबैभन्दा बस्न लायक शहरमा मेलवर्नको आउँछ।
  • एक अष्ट्रेलियन नागरिकले न्युजील्याण्डलाई इबेमा बेच्ने प्रयास गरेका थिए।
  • सन् १९७९ मा नाशाको स्पेश स्टेशन ‘स्काइल्याव’बाट एक टुक्रा इस्परेन्समा खसेको थियो। सो बखत यो सहरले नाशालाई ४०० डलर फाइन तिराएको थियो।
  • सन् १९७९ बाट अष्ट्रेलियामा माकुराले टोकेर कसैको पनि मृत्यु भएको छैन।
  • मानिस आइपुग्नुपूर्व अष्ट्रेलिया तीन मिटर अग्ला कङ्गारु, सात मिटर अग्ला गोनाज, घोडा जत्रा हाँस र चितुवा जत्रा सिंहको घर थियो।