दिनभरमा तपाईं जे गर्नु हुन्छ त्यसमध्ये ९५ प्रतिशत त तपाईको बानीमा हुन्छ । सफल मानिस यस्ता हुन्छन्, जसले सफलतालाई आफ्नो बानी बनाएका हुन्छन् । सफल मानिस राम्रो बानी अपनाउँछन् र फेरि के निश्चित गर्छन् भने उनीहरुको व्यवहार पनि यही राम्रो बानीको नियन्त्रण होस् ।
असफल मानिस खराब बानीलाई हुर्कन दिन्छन् । फेरि यो खराब बानी अताशा र असफलताको कारण बन्छ । राम्रो बानी अपनाउन कठिन हुन्छ तर त्यसले जीवनलाई सजिलो बनाइदिन्छ । अर्कोतर्फ खराब बानी अपनाउनमा सजिलो हुन्छ तर त्यसले जीवनलाई कठिन बनाइदिन्छ ।
बानीलाई यसरी परिभाषित गर्न सकिन्छ, कुनै परिस्थितिमा निश्चित प्रक्रिया हुन्छ । यो कुनै पनि परिस्थितिमा प्रतिक्रियाको स्वतः स्फुर्त प्रक्रिया हुन्छ । कुनै कुरा या कुरामा सोच्ने तरिका या प्रतिक्रियालाई जब बारम्बार दोहोर्याउने गरिन्छ तब त्यो बानी हुन्छ । एक पटक यो बानी बस्यो भने फेरि कुनै अरु तरिकाको कुनै कुरा तपाईंको बानीको हिसाबले गर्न धेरै सजिलो हुनेछ ।
तपाईंमा कस्तो खालको बानी छ ?
सफल मानिस ती हुन् जो सफल बानी विकसित गर्छन् । उनीहरुले हर कुरालाई एक निश्चित अन्दाजमा गर्नको लागि लगातार प्रयासको माध्यमले प्रशिक्षित गरेका हुन्छन् । यो हदसम्म कि उनीहरु त्यो कुरा नसोची पनि आफसेआफ त्यसै गरी गर्न थाल्छन् ।
साभार : ‘सोच बदलौं, जिन्दगी बदलौं’ पुस्तकबाट
