भिक्टोरियामा रगत दान गर्नेहरूको संख्यामा निकै कमि आइरहेको छ। चिसो र रुघाखोकीको गम्भीर मौसमको कारणले धेरै सम्भावित रगत दान गर्ने दाताहरूले आफ्नो अपोइन्टमेन्ट रद्द गरेका छन्। यसले गर्दा रगतको आपूर्ति संकटमा परेको छ। रेड क्रस लाइफब्लडले तुरुन्तै थप रगत दाताहरूको लागि अनुरोध गरेको छ। किनकि धेरै प्रकारका रगतको भण्डार अत्यन्तै कम भएको कारण ले हाल रगतको माग अत्यन्तै उच्च छ र रगत दान गर्नेहरूको संख्याले पनि यो मागलाई पूरा गर्न नसक्ने अवस्थामा रहेको छ।
लाइफब्लडका अनुसार, बिरामीहरूको आवश्यकता पूरा गर्न यो हप्तामा हरेक दिन १,२०० मानिसहरूले रगत दान गर्न आवश्यक छ। रगतको भण्डारण सुधार गर्नका लागि तुरुन्तै रगत दाताहरूको आवश्यकता छ। रगतको अभावले गर्दा बिरामीहरूको उपचारमा भने गम्भीर समस्या हुनसक्छ तसर्थ, रेड क्रस लाइफब्लडले सबैलाई रगत दान गर्न प्रोत्साहित गरिरहेको छ।