अभिनेत्री केकी अधिकारी अहिलेकी व्यस्त र सफल कलाकारहरूमध्ये एक हुन्। नेपाली फिल्म उद्योगमा उनी एउटा छुट्टै पहिचान बनाउँदै आएकी छिन्।
२०८१ को शुरुवातमा प्रदर्शन भएको केकीको फिल्म ‘बोक्सीको घर’ ले नेपाली फिल्म क्षेत्रमा नयाँ आशाको किरण ल्यायो। यो फिल्मले दर्शकलाई हलसम्म तान्न सफल मात्र भएन, उद्योगलाई पुनर्जीवित गर्ने काम पनि गर्यो। वैशाखमा प्रदर्शनमा आएको यो फिल्मले दर्शकको साथसाथै व्यवसायिक रूपमा पनि सफलता हासिल गरेको थियो।
‘बोक्सीको घर’ बाट सुरु भएको यो लहरले अहिले नेपाली फिल्म उद्योगलाई थप उचाइमा पुर्याएको छ। निर्माण र रिलिज हुने फिल्महरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ, र दर्शकको रुचि पनि उत्साहजनक देखिएको छ।
यही क्रमलाई अघि बढाउँदै, अभिनेत्री केकी अधिकारीले आफ्नो हिजो भएको जन्मदिनको अवसरमा नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन्। यस फिल्ममा उनले आफ्ना भाइ विम्ब अधिकारीलाई समेत अभिनयको क्षेत्रमा डेब्यु गराउने जानकारी दिएकी छिन्। आफ्नो योजना सार्वजनिक गर्दा केकीले अत्यन्त खुशी महसुस गरिरहेको बताएकी छिन्।
कलाकारिता र निर्माणको क्षेत्रमा केकीको योगदानलाई सम्मान गर्दै, नयाँ फिल्मले पनि ‘बोक्सीको घर’ झैँ ऐतिहासिक सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। भाइ विम्बलाई पनि दिदीझैं सफलता मिलोस् भन्ने शुभकामना |