आजको मौसम : काठमाडौंमा चिसो बढ्यो, तराईमा हुस्सु लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप चिसो बढेको छ । चिसो बढेसँगै पछिल्ला केही दिनदेखि न्यूनतम तापक्रममा रेकर्ड बनिरहेको छ । आज काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।

बिहान मापन भएको तापक्रम यो वर्षकै कम हो । यसअघि हिजो ३ दशमलव ९ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको थियो । काठमाडौंमा माइससम्म तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखामा रेकर्ड छ ।अहिले तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो पनि विराटनगर, जनकपुर र भैरहवा लगायतका स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ । आज वर्षा र हिमपातको भने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।