$५,३०,००० सम्म आम्दानी गर्ने परिवारलाई चाइल्डकेयर सस्तो बनाउने अल्बानीज सरकारको प्रतिबद्धता

प्रधानमन्त्री एन्थोनी अल्बानीजले चाइल्डकेयरलाई थप सस्तो बनाउने योजना घोषणा गर्दै, $५,३०,००० सम्म आम्दानी गर्ने परिवारलाई अनुदान(subsidy) प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। ब्रिस्बेनमा आयोजित बिल्डिङ अर्ली एजुकेसन फर अष्ट्रेलियाज फ्युचर कार्यक्रममा बोल्दै, अल्बानीजले आगामी चुनावमा पुनः निर्वाचित भए, आफ्नो सरकारले हप्तामा तीन दिनसम्मका लागि चाइल्डकेयर अनुदान उपलब्ध गराउने बताएका छन्।


यस प्रस्तावले अहिले लागू रहेको एक्टिभिटी टेस्ट लाई प्रतिस्थापन गर्नेछ, जसले चाइल्डकेयर अनुदान लाई अभिभावकले काम गर्ने घण्टासँग जोड्छ। अल्बानीजले यो योजना अष्ट्रेलियामा सबैका लागि यूनिभर्सल अर्ली चाइल्डहुड एजुकेसन स्थापना गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएका छन्।
“हाम्रो लेबर सरकारले प्रत्येक बालबालिकालाई गुणस्तरीय र सस्तो शिक्षा पाउने अधिकार दिनुपर्छ भन्ने विश्वास राख्छ,” प्रधानमन्त्रीले भने। “त्यसैले हामी सबै परिवारका लागि सरल, सस्तो र सहज चाइल्डकेयर प्रणाली निर्माण गर्न चाहन्छौं।”


आगामी अद्यावधिक ले देखाउँछ कि चाइल्डकेयर अनुदान का लागि संघीय सरकारले आगामी चार वर्षमा $३.१ billion थप खर्च गर्नेछ, जसले २,००,००० थप बालबालिकालाई प्रारम्भिक शिक्षा लिन सक्षम बनाउनेछ।
त्यसैगरी चाइल्डकेयरको लागत र महँगीका मुद्दाहरू आउँदो संघीय चुनावको प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ।