सडक विभाग अगाडि काठमाडौं महानगरले थुपारिदियो  धुलो र फोहोरो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको छ ।

चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण बेहोर्नुपरेको भन्दै महानगरको धुलो थुपारिदिएको हो ।मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन ।

जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा बिनाकारण महानगरले गाली खानु परेको भन्दै आक्रोश समेत पोखेका छन् ।