मंसिर ०१ देखि ०७ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिहरूलाई सप्ताहको शुरुवात श्रेष्ठ रहनेछ । परिवारको सहयोग तथा सञ्चित धनमा वृद्धि हुनेछ भने कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्ने सम्भावना छ । सप्ताहको अन्तिमका दिनहरू भने सोचेअनुरुप लाभदायक नरहला । कार्यक्षेत्रमा धोखा मिल्ने सम्भावना छ । पुरानो कुरालाई लिएर परिवारमा आन्तरिक कलह हुन सक्छ । सप्ताहको अन्तिम समयमा कुनैपनि नयाँ प्रोजेक्टको लागि समय अनुकूल नरहला । बजार क्षेत्रमा सोच विचार गरेर निर्णय लिनु होला !

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिको लागि सप्ताहको प्रारम्भ सामान्य रहनेछ । पुरानो लगानीले मन अशान्त रहनेछ । विदेशतिरबाट आउने धनमा बाधा आउने सम्भावना छ । नयाँ निर्णय लिनको लागि जानकारको सल्लाह लिनुहोस् । सप्ताहको अन्तिममा पुरानो समयदेखि चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ । कसैलाई प्रेमभाव व्यक्त गर्न उचित समय नहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिहरूलाई सप्ताहको सुरुवात सामान्य रहनेछ । कामकाजमा धेरै खट्नुपर्ने हुन्छ । समय सफलतादायक रहनेछ । गरेको काममा जस पाउनुहुन्छ । आफूभन्दा सानाको सहयोग मिल्नेछ । कार्यक्षेत्र वा नोकरीमा सोचेजस्तो अलि नहोला । सप्ताहको अन्तिम समय राम्रो रहनेछ । पुरानो समयदेखि सोचेका कार्य पूर्ण हुनेछन् । विवाहित हुनुहुन्छ भनेदेखि ससुराली पक्षबाट शुभ सूचना मिल्नेछ । विद्यार्थीहरूलाई पढाइको लागि समय अनुकूल रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूलाई सप्ताहको प्रारम्भ श्रेष्ठ रहनेछ । नोकरी होस् या व्यवसाय दुईटैमा राम्रो लाभ मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । वैदेशिक रोजगारको लागि समय अनुकूल रहनेछ । प्रतियोगी परीक्षार्थीहरूलाई सफलता मिल्ने सम्भावना छ । साताको अन्तिम समयमा नयाँ निर्णय या नयाँ कारोबार गर्नदेखि बच्नुहोस् । कार्यक्षेत्रमा एउटा काम सक्काएर नै अर्को काम प्रारम्भ गर्नुहोला । साथै लामो दूरीको यात्रा गर्नदेखि पनि बच्नुहोस् । वाहन चलाउँदा सावधान रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सप्ताहको सुरुको दिनमा कार्यक्षेत्रले गर्दा मानसिक दबाव रहन्छ । चन्द्र राशि राहु अष्टममेश हुनको कारणले अचानक धन लाभ हुनेछ । सप्ताहको मध्य आर्थिक पक्ष सबल रहनेछ । परिस्थिति अनुसार आफूलाई शान्त राख्नुहोस् । सप्ताहको अन्तमा कसैलाई पनि झुटो बाधा या सान्त्वना नदिनुहोस् । नभए हजुर आफ्नो प्रमाणिकता पनि गुमाउन सक्नुहुन्छ । कार्यक्षेत्रमा अधिनस्थहरूको सहायता मिल्नेछ । विद्यार्थी वर्गहरूको मन अशान्त रहनाले खेलकुदमा समय दिंदा उत्तम होला । आदित्य हृदय स्रोतको पाठले दिनको सुरुवात गरौं !

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिहरूको लागि समय अनुकूल रहेको छ । व्यापार नौकरी लगायत हरेक क्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ । रियल स्टेट अर्थात् जमिनमा निवेश गरेर आफ्नो भविष्य सुरक्षित गर्न सक्नुहुनेछ । कार्यक्षेत्रमा उन्नतिको अवसर मिल्नेछ । धार्मिक क्षेत्रको यात्राको योग रहेको छ । पार्टनरशिप व्यापारमा हुनुहुन्छ भनेदेखि होसियारीले काम गर्नुहोला । घरको वातावरण खुसहाल रहनेछ । जीवन साथीको स्वास्थ्यलाई अलिकता ध्यान दिनुपर्ने हुन्छ । हनुमान चालिसा गरेर दिनको सुरुवात गर्दा मनोकामना पूरा हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सप्ताहको सुरुवातमा हजुरले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ । खानपान, योग वा व्यायामलाई महत्वता दिनुहोस् । सप्ताहको मध्यतिर यदि हजुर सरकारी जागिर मा हुनुहुन्छ भनेदेखि पुरस्कार वा लाभ मिल्ने सम्भावना छ । साझेदारी व्यापार वा शेयर मार्केटमा निवेश छ भनेदेखि राम्रो समय रहेको छ । आईटी फैशन मेडिकल लाँ इन्जिनियरिङ आदिका विद्यार्थीहरूलाई सफलता मिल्नेछ । सप्ताहको अन्तमा प्रेमीबाट उपहार मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि साताको प्रारम्भ सामान्य रहनेछ । सामाजिक काममा जोड्नुभएको थियो भने मानसम्मानमा वृद्धि हुनेछ । व्यापारमा नयाँ मार्गहरू मिल्नेछन् । सप्ताहको मध्यमा व्यापार वा निवेशलाई लिएर कुनै नयाँ निर्णय नलिनुहोला । वाहन चलाउँदा सावधान रहनुहोस् । साताको अन्तमा भाग्यले साथ दिनेछ । यो साता विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला । मन अलि अशान्त रहनेछ । पुरानो कामलाई लिएर मनमा भय रहनेछ । भगवान शिवलाई जल अर्पण गरेमा मनोकामना पूरा हुने योग रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिहरूलाई यो सप्ताहको प्रारम्भ सामान्य रहनेछ । कसैलाई पनि ऋण दिन वा लिनदेखि बच्नुहोला । चोटपटक लाग्न सक्ने हुनाले सचेत रहनुहोला । सप्ताहको मध्य विद्यार्थीहरूलाई पढाइको क्षेत्रमा अभिभावक वा शिक्षकबाट सहयोग मिल्नेछ । पुरानो समयदेखि विवाहको कुरा चलिरहेको थियो भने कुरा अगाडि बढ्नेछ । घरेलु सामान वा गर -गहना आदिमा पैसा खर्च हुनेछ । सप्ताहको अन्तिममा आर्थिक संकटबाट जोगिनुहोस् । व्यापारमा कुनै नयाँ निर्णय यो सप्ताह नलिनुहोला । नयाँ मिटिङको लागि पनि यो समय त्यति शुभ छैन । भगवान विष्णुको आराधना गरौं गरेमा मनोकामना पूरा हुन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो सप्ताहको प्रारम्भमा सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । भावनामा बगेर कुनै निर्णय नलिनुहोला । प्रतियोगी परीक्षाका विद्यार्थीहरूलाई इन्टरभ्युमा प्रतिस्पर्धा मिल्नेछ र यदि नयाँ नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ । सप्ताहको मध्यमा ऋण लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला । सप्ताहको अन्तमा विद्यार्थी वर्गहरूले शिक्षाको लागि यात्रा गर्नुपर्ला । व्यापारमा रुकेका कार्यहरू बन्नेछन् । दाम्पत्य जीवन होस् या प्रेम सम्बन्ध, आफ्नो कुरालाई नलुकाउनुहोस् । माँ भगवतीको आराधना गरेर दिन प्रारम्भ गर्दा उचित फल प्राप्त गरिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सप्ताहको प्रारम्भ आर्थिक संकट लिएर आउने छ । घर परिवारमा कलहको वातावरण हुन सक्छ । व्यापार वा नोकरी पेशामा आलस्य गर्दा ठूलो नोक्सानी हुने देखिन्छ । कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला । जीवनसाथीको कार्य क्षेत्र रहेको छ भने कार्यक्षेत्रमा पदउन्नतिको योग छ । सप्ताहको अन्तमा प्रेम सम्बन्धमा हुनुहुन्छ भने एकतर्फ कुरा सुनेर निर्णय नलिनुहोला त्यसले गर्दाखेरि प्रेम सम्बन्धमा संकट उत्पन्न हुने सम्भावना छ । हजुर गृहणी हुनुहुन्छ भने मन अलिकति अशान्त र चिन्तित रहनेछ, त्यसलाई कम गर्न भगवान गणेशलाई दुबो अर्पित गरौँ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि सप्ताहको प्रारम्भ राम्रो रहनेछ । कार्यक्षेत्र वा व्यापारमा अधिनस्थहरूको सहयोग मिल्नेछ । सरकारी नोकरीमा मान सम्मानको योग छ सप्ताहको मध्य अलि सोचेजस्तो नरहला आफ्नो वाणीमा नियन्त्रण राख्नुपर्ने हुन्छ । माताको स्वास्थ्यमा ध्यान दिनुपर्ने छ । सप्ताहको अन्तिममा पूर्वका गरेका कामहरूबाट शुभ सूचना मिल्नेछ । प्रेम सम्बन्धमा अविश्वासको भावना बनिरहेको थियो भने त्यो झन् बढ्नेछ । बच्चाहरूलाई मौसमी बिमारीदेखि जोगाउनुहोस् । घरमा कामकाजी महिलाहरूलाई उपहार मिल्नेछ । मिडिया क्षेत्रमा काम गर्नेहरूलाई यो सप्ताह विशेष लाभदायी रहनेछ । राजनीतिक क्षेत्रमा भने धोका खाने योग छ । (अधिक जानकारीका लागि 977-9849559502)