नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ ।आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। अघिल्लो दिन तोलाको २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ९६० रुपैयाँमा पुगेको छ।