नेपाल राष्ट्र बैंक (NRB) ले अस्ट्रेलियामा रोजगारीमा जाने व्यक्तिहरूलाई राहदानी बापत ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने भएको छ। यसअघि अन्य देशमा जानेले मात्र २ सय डलरसम्म सुविधा पाउँदै आएका थिए भने अमेरिका, जापान र युरोपमा जानेले ५ सय डलरसम्मको सटही सुविधा लिइरहेका थिए।
राष्ट्र बैंकले अस्ट्रेलियामा पनि उच्च जीवनस्तर भएकाले यो सुविधा विस्तार गरेको जनाएको छ। साथै, अब विदेश जानेले सटही गर्दा आफ्नो भ्रमणको उद्देश्य (रोजगारी, शिक्षा, उपचार, व्यक्तिगत भ्रमण आदि) खुलाउनुपर्नेछ।

यस्तै, उपचारको लागि सटही सुविधा १० हजार डलरबाट बढाएर १५ हजार डलरसम्म पुर्याइएको छ। साथै, नेपालमा परिवर्त्य विदेशी मुद्रा स्रोत भएका संस्थामा कार्यरत भारतीय नागरिकले आफ्नो पारिश्रमिक विदेशी मुद्रामै पाउन सक्नेछन्। यो व्यवस्था राष्ट्र बैंकले संशोधित निर्देशिका मार्फत लागू गरेको हो।
स्रोत:अनलाइन ख़बर