एनआरएनएद्वारा बाढी, पहिरो पीडितको उद्धारका लागि अपिल

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालमा लगातारको वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।संघका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले एक विज्ञप्ति जारी गर्दै पीडित परिवारहरुप्रति समवेदना प्रकट गरेका छन्। बाढीमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै, प्रभावित क्षेत्रका नागरिकहरूको जीवनरक्षा, बेपत्ता व्यक्तिहरूको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारसँग पनि आग्रह गरिएको छ।विपद्‌को यस घडीमा छिटो राहत पुर्याउन विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरूसँग ‘एनआरएन ईमर्जेन्सी फन्ड’ स्थापना गरिएको जानकारी गराउँदै, सहयोगका लागि आह्वानसमेत गरिएको छ।