पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालमा भएको बाढी र पहिरोले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मौसमी पूर्वानुमान भए पनि समयमै आवश्यक तयारी नहुनु दु:खद भएको उनको भनाइ छ।दसैँ-तिहारजस्ता महत्त्वपूर्ण पर्वहरू नजिकिँदै गर्दा देशका मुख्य राजमार्ग र सडकहरू अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको प्रति पनि उनले गम्भीर चासो व्यक्त गरेका छन्।ज्ञानेन्द्रले बाढी पहिरोबाट प्रभावित परिवारहरूलाई उचित राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र घाइतेहरूको शीघ्र उपचार गर्न सरकारलाई तदारुक हुन आग्रह गरेका छन्।