संसदीय समितिले १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनको निर्णय आइतबार गर्ने

आइतबार १७ देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको अनुमोदनबारे निर्णय गरिने भएको छ। संसदीय सुनुवाइ समितिले सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनेपछि, सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्नेछ। बिहीबारको समितिको बैठकमा अमेरिकासहित ४ देशका लागि प्रस्तावित राजदूतहरूले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए, भने अन्य १३ देशका लागि प्रस्तावित राजदूतहरूले यसअघि नै कार्ययोजना पेस गरिसकेका थिए।सरकारले गत साउन १४ गते १७ देशका लागि निम्न व्यक्तिहरूलाई आवासीय नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ:

  • डा. शंकर शर्मा (भारत)
  • प्राडा कृष्णप्रसाद ओली (चीन)
  • लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका)
  • चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य)
  • डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया)
  • प्रा. धनप्रसाद पण्डित (इजरायल)
  • रामकृष्ण भट्टराई (श्रीलंका)
  • रीता धिताल (पाकिस्तान)
  • नरेशविक्रम ढकाल (साउदी अरेबिया)
  • प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका)
  • सनिल नेपाल (स्पेन)
  • डा. शैल रुपाखेती (जर्मनी)
  • जंगबहादुर चौहान (रुसी महासंघ)
  • रमेशचन्द्र पौडेल (कतार)
  • सुम्निमा तुलाधर (डेनमार्क)
  • डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया)
  • प्रकाशमणि पोखरेल (पोर्चुगल)

नेपालको संविधानको धारा २९२ अनुसार, राजदूत पदका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ अनिवार्य छ।आइतबारको बैठकले यसमा निर्णय लिनेछ।