स्वर्गीय भवानी घिमिरेको सम्झनामा क्यान्बेरामा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

बरिष्ठ साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा अस्ट्रेलियामा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। अस्ट्रेलियाको राजधानी क्यान्बेरामा भानु परिवार द्वारा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो । स्वर्गीय साहित्यक पत्रकार एवम् कवि भवानी घिमिरेको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यतामा प्रध्यपाक डा.गार्गी शर्मा र साहित्यकार ज्ञानु वाकर पौडेल ,त्रिपुरा पौडेलको बिशेष आतिथ्यतामा कार्यक्रम समोपन्न भएको हो। सम्पन्न कार्यक्रममा साहित्यकार वशुधा नेपाल पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम को सभापतित्व स्वर्गीय साहित्यक पत्रकार एवम् कवि भवानी घिमिरकि धर्म पत्नी शिवानि भट्टराई घिमिरेले गर्नुभएको थियो भने उक्त कार्यक्रममा सहित्यकाहरुले आफ्नो रचना समेत प्रस्तुत गरेका थिए ।

त्यसैगरि साहित्यकार स्वर्गीय भवानी घिमिरेको कृति बाट (नातिनी) मनश्वी चापागाईंले कविता वाचन गरेर सुनाएकि थिइन। यसै अवसर मा अस्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका दुई संचारकर्मी हरुलाई भानु भवानी पत्रकारिता पुरस्कार २०८० र २०८१ बाट सम्मान समेत गरिएको थियो। सम्मानित हुनेमा सीएमएस रेडियोका संचारकर्मी प्रदीप तिमल्सिना र अव्युक्त मिडियाका अभिषेक खड्का रहनु भएको आयोजक संस्थाकी संस्थापक महता घिमिरेले जानकारी दिनुभयो। वासु चापागाईंले व्यवस्थापन र संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वर्गीय घिमिरेकी छोरी महता घिमिरेले स्वागत मन्तब्य राख्नुभएको  थियो।

कार्यक्रमको सफलताको शुभकामना दिदा बरिस्ठ साहित्कार, भानुका पूर्व सम्पादक डा. राम प्रसाद ज्ञवाली ज्यूको भिडियो सन्देशलाई कार्यक्रमको सुरूवातमा नै सबै सामु राखिएको थियो । उहॅाले भवानी घिमिरेको लगनशिलता, उदारता, उहॅासॅगको सामिप्यता लगायत विविध पक्षहरूलाई समेटेर भिडियो तैयार गर्नु भएको थियो। साथै कार्यक्रम को कार्यक्रममा साहित्यिक प्रेमिहरूको बाक्लो उपस्थिति हुनुका साथै समाजमा अग्रजहरू डा. कृष्ण हमाल, डा. विनोद उप्रेती, प्रकाश प्रसाइ, दुर्गा दत्त कडेल, सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल, NRNR ACT संयोजक विक्रम सुवेदी, अभिषेक उप्रेती, राजन ढुन्गेल, जिवन राणा, आदर्श जंग पाण्डे, सुवास सुवेदी, ललित मल्ल, कलम खड्का लगायतको उपस्थिति रहेको थियो।