गायिका समीक्षा अधिकारीले यसरी पिडा नदिनुस् प्लिज भन्दै पूजा शर्माको एउटा पोड्कास्ट्को ऊत्तर दिइन

गायिका समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नायिका पूजा शर्माको एउटा पोड्कास्ट्मा बोलेको क्लिपलाई राखेर यस्तो लेखेकी छिन्”अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र?यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र?सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।”