अन्तर्राष्ट्रिय बजारमा पनि लगातार उकालो लाग्दै आएको सुनको मूल्यले आज आन्तरिक बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । पहेँलो धातुको भाउ आज प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ (११.६६ ग्राम) मा कारोबार भइरहेको छ ।साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने यो साताको पहिलो दिन आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको भाउ भने ३ हजार रुपैयाँले बढेको छ । ।त्यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार ८१० रुपैयाँमा तोकिएको छ । गत शुक्रबार एक हजार ७६० रुपैयाँ थियो ।
