अस्ट्रेलियाभर  १००,००० भन्दा बढी रोजगारीको अवसर

The Australian Electoral Commission (AEC) ले आगामी federal election को तयारीका लागि देशभर १,००,००० भन्दा बढी कामदारहरूलाई विभिन्न भूमिकामा नियुक्त गर्न खोजिरहेको  सेभेन न्युज  ले जानकारी दिएको छ। यी भूमिकामा frontline polling staff, सुपरभाइजर, मोबाइल भोटिंग टिम, रिमोट एरिया सर्भिस टिम, र काउन्टीन्ग स्टाफ सामेल रहेको छ।   नियुक्त गर्न   खोजेको पोजिसन हरु मा प्रतिघण्टा $३५ सम्मको तलब सहित ,तालिम को  सुविधा ,पाँच हप्तासम्मको अस्थायी रोजगारी  लगाएत का व्यवस्थाहरु रहेका छन् ।

धेरैजसो रोजगारी न्यु साउथ वेल्स मा रहेको छ, त्यसपछि  भिक्टोरिया  र क़ुईन्स्लान्ड मा छ। विशेष गरी, न्यु साउथवेल्समा करिब ४२,६०० कामदारहरू, भिक्टोरियामा ३३,०००, र क़ुईन्स्ल्याड मा २५,००० कामदारहरूको आवश्यकता हुनेछ। अन्य राज्यहरूमा पनि  अत्यधिक मात्रा मा कामदार हरु को आवस्यकताहरु रहेका छन् जस्तै : साउथ अस्ट्रेलियामा १०,५०० ,वेस्ट्रनअस्ट्रेलियामा १५,०००,नर्दन टेरीटरीमा २,०००, र तास्मानियामा ४,००० कर्मचारीहरूको आवश्यकता छ।

Electoral Commissioner का  Tom Rogers ले आवेदन गर्नेहरूको लागि रोजगारीको उच्च सम्भावनालाई जोड दिएका छन्, विशेष गरी रिजनल र रिमोट क्षेत्रहरूमा जहाँ कर्मचारी पाउन गाह्रो हुन्छ। एप्लिकेन्ट्स हरु  १८ वर्ष भन्दा माथिका र अस्ट्रेलियाका नागरिक हुनुपर्छ र तटस्थ राजनीतिक दृष्टिकोण राख्नुपर्छ, कुनै पनि राजनीतिक पार्टी वा उम्मेदवारसँग सम्बन्धित धारणा वा क्रियाकलाप मा संलग्न हुनु हुदैन। AEC ले रोजगारी खोजिरहेका व्यक्तिहरूलाई आवेदन दिन र चुनावको समयमा आफ्नो  कम्युनिटीहरु लाइ समर्थन गर्न आग्रह गरिरहेको छ।