किन जन्मिन्छन् जुम्ल्याहा बच्चा ? यस्तो छ कारण

एजेन्सी । सामान्यतया एउटा गर्भवती महिलाले एउटा बच्चा जन्माउने गर्छन् । तर, कहिले काहीँ एकभन्दा बढी बच्चा पनि जन्मने गरेको हामीले सुनेको छौँ या देख्ने गरेका छौँ । जुम्ल्याहा बच्चा जन्मनु आमा र बुवाको उत्तिकै भूमिका रहेको हुन्छ ।

कतिपय महिलामा एउटा बच्चा जन्माउने क्षमता पनि नभएको अवस्थामा कति महिलामा भने एक भन्दा बढी बच्चा जन्माउने सक्ने क्षमता हुन्छ । कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ ।यो एउटा वंशाणुगत कारण पनि हुन सक्छ जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ दुई सय ५० जना गर्भवती महिलामध्ये एकमा जुम्ल्याहाको सम्भावना बढी हुने गरेको हुने एक अनुसन्धानले देखाएका छन् ।

इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्टट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रूणको स्थानान्तरण गरिन्छ ।एक अनुसन्धानका अनुसार बढी उमेरका स्त्रीहरुमा जुम्ल्याहा बच्चा हुने सम्भावना एकदम बढी रहेको हुन्छ किनभने, बढी उमेरका महिलाले एकभन्दा बढी डिम्बको निर्माण गर्छन् । यो एउटा वंशाणुगत कारण पनि हो ।

यस कारण फरक देखिन्छन्महिलाको गर्भाशयमा फरक–फरक डिम्ब निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छ । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।यस कारण समान देखिन्छन्कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप रंग एकै प्रकारको हुन्छ । डिम्ब एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ ।तर, केही समयपछि यस्तो डिम्ब दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकै प्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।