अस्ट्रेलियामा भर्खरै आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । अष्ट्रेलियाको नई एकेडेमी ले गत शनिबार आयोजित समारोहमा एनआरएन अष्ट्रेलियाका पाँच नेपाली व्यक्ति र एक संस्थालाई उनीहरुको उपलब्धि बापत सम्मान गरिएको थियो ।
नई एकेडेमीले एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, डा मनोज कुमार सिंह (विज्ञान तथा प्रविधिका लागि), सुश्री रानी दीक्षित रिकार्डो (मानसिक स्वास्थ्य तथा सामाजिक सेवाका लागि), माग्दी नेपाली संघ–मोना अष्ट्रेलिया (खेलकुद र सामुदायिक क्षेत्रमा उल्लेखनिय उपलब्धि हासिल गरेबापत पुरस्कृत गरेको छ साथै ( नेपालमा सेवा), सन्तोष कुमार पोखरेल (बहुभाषी कविता र अन्तर्राष्ट्रिय संस्कृतिका लागि), र तकदीर अधिकारी (सञ्चार र सामुदायिक पत्रकारिताका लागि) पुरस्कृत गरिएको थियो ।
ग्राभिनको बाराडले फंक्शन सेन्टरमा आयोजना भएको उक्त कार्यक्रमको उद्घाटन NSW कन्सुल जनरल सञ्जीव शर्मालगायतले गरेका थिए । शर्माले नेपालसँग सम्बन्धित लगानी र सांस्कृतिक पहलहरूलाई अगाडि बढाउन एनएसडब्ल्यूका विभिन्न संघसंस्थाहरूसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए। एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेकोमा प्रतिष्ठानको प्रशंसा गरे ।

प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष सीमा रोशीले नेपाली जनताको योगदानलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
युवा कलाकार अक्षिता तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संयोजन प्रतिष्ठानकी उपाध्यक्ष जेनिशा गौतम र सचिव प्रणव विक्रम थापाले गर्नुभएको थियो । बाल मुकुन्द तिमिल्सिनाको आयोजनामा भएको कार्यक्रममा एनआरएन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमपछि तिहार महोत्सवको सांस्कृतिक खण्डमा कलाकार जेनिशा गौतम र सुशील कटुवालको प्रस्तुतिले हलमा उत्सवमय वातावरण सिर्जना गरेको थियो ।





