अस्ट्रेलियाका आप्रवासी नीतिहरूमा परिवर्तन भइरहेको छ। गृहमामिला मन्त्री क्लेयर ओ’नील र आप्रवासी मन्त्री एन्ड्रू गिल्सलाई प्रधानमन्त्री एन्थोनी एलबनीजिले फेरबदल गरेका छन्। प्रधानमन्त्री एन्थोनी एलबनीजिले सन् २०२५ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै मन्त्रालय हेरफेर गर्दा वनिल र गिल्सलाई आफ्नो जिम्मेवारीबाट हटाएका हुन्। टोनी बर्कलाई अब गृहमामिला र आप्रवासी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
ओ’नील र गिल्सले आफ्नो प्रस्तावित कडा आप्रवासी नीतिहरू र अवैधानिक आप्रवासीहरूलाई रिहा गर्ने निर्णयका कारण विवाद भोगेका थिए। अब उनीहरूलाई क्रमशः हाउजिङ र होमलेस, र सीप र तालिम मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवीन मन्त्रीहरूले आप्रवासी नीतिहरू, अवैध प्रवास, र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनसँग सम्बन्धित कस्तो नीति अपनाउँछन् भन्ने कुरा महत्वपूर्ण हुनेछ। हालको कठिन नीतिहरूले उच्च शिक्षा अध्ययनका लागि आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समस्यामा पारिरहेका छन्।






