सेन्टजर्ज नेप्लीज फुटबल क्लबले नवाज कपको उपाधि जित्यो

सिड्नी, अष्ट्रेलिया – नवाज कप भनेर चिनिने नेपाली सामुदायिक फुटबल प्रतियोगिता सेन्ट जर्ज नेपाली क्लबले जितेको छ । प्रतियोगिताको २०२४ संस्करणमा सेन्ट जर्जले फाइनलमा सगरमाथा फुटबल क्लबलाई ५-३ ले हराएको थियो। सेन्ट जर्जका रुपक लामाले ह्याट्रिक गरे भने सरोज दाहाल र सुशान्त कुवरले एक–एक गोल गरे ।

तेस्रो स्थानका लागि भएको प्रतियोगितामा फेवा फुटबल क्लबले टीआरजीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सिनियर विधामा माछापुच्छ्रेले फाइनलमा माछापुच्छ्रेका चिरिङ डिमदुङले ह्याट्रिक गर्दै सेन्ट जर्जलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

अन्य पुरस्कार विजेताहरू :

  • Top स्कोरर: सेन्ट जर्जका शुशान्त कुवर
    प्लेयर अफ द टुर्नामेन्टः सगरमाथाका सुजन राई
    उत्कृष्ट गोलकिपर : मिलन गिरी
  • फेयर प्ले टोली: हर्नबस राइनो

न्यु साउथ वेल्सका कन्सुल जनरल सञ्जीव शर्मा लगायतका धेरै उल्लेखनीय व्यक्तित्वहरू एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल; एनआरएन आईसीसी सदस्य डिल्ली ढकाल; प्रतियोगिता आयोजक समिति संयोजक बैकुण्ठ डंगोल; संस्था अध्यक्ष चिरन तिवारी; सामाजिक अभियन्ता विष्णु हमाल; एन्फा अध्यक्ष बिजेन बजाजलगायतले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए  ।

कार्यक्रममा कन्सुल जनरल सञ्जीव शर्माले खेलकुदले समुदायलाई जोड्न र अनुशासनमा सहयोग पु¥याउने कुरामा जोड दिए । उनले नेपाली अष्ट्रेलियाली नयाँ पुस्तालाई खेलकुदको माध्यमबाट जोड्न सके उनीहरुको मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए ।