सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव निकालिएको छ ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे ।यात्रु सूचीमा १७ जना र चालक दलका दुई सदस्य गरी १९ जना सवार थिए । तर दुर्घटना स्थलमा २२ जनाको शव फेला परेको उनको भनाइ छ । विमानका चालक मनिष शाक्यलाई अस्पताल लगिएको छ भने अन्यको शव फेला परेको हो । यात्रु सूचीमा रहेका बाहेक ३ जना को हुन् भन्नेबारे खोजी भइरहेको पाण्डेले बताए ।काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो  ।

स्रोत ; रातो पाटि