काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा जान लागेको खुलेको छ।नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार सौर्य एयरलाइन्सको ‘९एन-एएमई/सीआरजे २००’ कल साइनको विमान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै थियो। विमान रनवे ०२ बाट उडान भरेको जहाज विमानस्थलको पूर्वी भेगमा दुर्घटनाग्रस्त भएको उनले बताए।उनका अनुसार विमानमा चालक दलका सदस्य र विमान मर्मत टोलीका सदस्यहरू गरेर १९ जना सवार थिए। अहिले जहाज दुर्घटनाग्रस्त स्थानमा उद्धारको काम जारी छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ । यस्तै अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । जसअनुसार १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।सौर्य एअरलाइन्सको ९एन एएमई जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।