Cost of living को crisis ले गर्दा , अस्ट्रेलियाका कफी पारखीहरूले कफीको मूल्यमा तीव्र वृद्धि भोग्नुपरेको छ।पछिल्ला केही वर्षहरूमा कफी बिन्सको लागत दुई गुणाले बढेको छ, जसको मुख्य कारण ब्राजिल जस्ता ठूला उत्पादकहरूमा severe weather condition हो।उद्योगका विज्ञहरूले दिएको जानकारी अनुसार यदि मूल्यहरू नबढाएमा, धेरै चलेका र अत्यधिक मन परेका क्याफेहरू बन्द गर्नु पर्ने हुन सक्छ। प्रति कप एक वा दुई डलरले मूल्य बढाउँदा ग्राहकहरू न आउन सक्छन , जसले गर्दा क्याफे मालिकहरूलाई गाह्रो अवस्था सिर्जना गर्न सक्छ ।
The International Coffee Organisation ले विश्वव्यापी कफी उद्योग हरु अझै पनि COVID-19 महामारीले ल्याएको अवरोधहरूबाट पुनःस्थापित हुँदै गरेको र समस्याहरूलाई हल गर्न सकारात्मक निर्णय गर्दै आएको बताएको छ ।
The International Coffee Organisation ले सार्बजनिक गरेको एक रिपोर्ट अनुसार २०२२ र २०२३ मा कफीको खपतमा गिरावट हुनु को मुक्य कारण High living costs र reduced disposable incomes र लामो स्टकको गिरावटको प्रभावका कारणले कफीको खपत स्थिर नरहेको बताएको छ ।
त्यसै गरि रिपोर्टको अन्त्यमा भनिएको छ, “विश्वव्यापी आर्थिक परिस्थितिले कफीको उपभोगमा अधिक प्रभाव पारेको छ, जसले यसको विशेष महत्व राख्दछ कि भविष्यमा कफीको मूल्यमा थप वृद्धि हुन सक्छ।