काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत सामग्री वितरणमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री दाहालले बाढी र पहिरोबाट हुने क्षति र जोखिम न्यूनीकरण गर्न आवश्यक तयारी भइरहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले सबै नागरिक समाज र राजनीतिक दललाई पीडितको उद्धार र राहतमा हात मिलाउन आग्रह गरेका छन् ।उनले प्राकृतिक प्रकोपको सम्भावित जोखिमबाट बच्न थप सक्रिय र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।






