अस्ट्रेलियामा कर नियम परिवर्तन: कसलाई कति राहत मिल्छ?

अस्ट्रेलियामा जुलाई १, २०२६ देखि लागू हुने कर परिवर्तनका कारण लाखौँ करदाताले कर राहत पाउने भएका छन्। संघीय सरकारले यस आर्थिक वर्षदेखि कम आयकर दर लागू गर्ने तयारी गरेको छ भने कामसँग सम्बन्धित खर्चका लागि नयाँ $1,000 instant tax deduction व्यवस्था पनि 2026–27 आर्थिक वर्षबाट लागू हुने प्रस्ताव गरिएको छ।

सरकारका अनुसार जुलाई १ देखि $18,201 देखि $45,000 सम्मको taxable income मा लाग्दै आएको कर दर 16 प्रतिशतबाट घटेर 15 प्रतिशत हुनेछ। यसबाट प्रत्येक योग्य करदाताले वर्षभरिमा अधिकतम $268 सम्म कर राहत पाउन सक्नेछन्।

यससँगै सरकारले कामदारका लागि $1,000 सम्मको instant tax deduction व्यवस्था ल्याएको छ। यो व्यवस्था अनुसार योग्य कामदारले कामसँग सम्बन्धित खर्चका लागि $1,000 सम्म deduction claim गर्न सक्नेछन्। यसको फाइदा 2026–27 को tax return lodge गर्दा कर हिसाबमा देखिनेछ।

सरकारको अनुमानअनुसार यो deduction बाट करिब 6.2 मिलियन कामदारले लाभ पाउनेछन् भने औसत कर बचत करिब $205 हुनेछ। कर दर घट्ने निर्णय र instant deduction को संयुक्त प्रभावले औसत कामदारलाई 2026–27 आर्थिक वर्षमा करिब $473 सम्म राहत पुग्न सक्ने अनुमान गरिएको छ।

तर सबै कर राहत एकैपटक लागू हुने छैन। अर्को कर कटौती जुलाई १, २०२७ देखि लागू हुने तालिका छ, जसअनुसार सोही income bracket को कर दर 15 प्रतिशतबाट 14 प्रतिशतमा झर्नेछ। त्यस्तै, Working Australians Tax Offset अन्तर्गत योग्य कामदारले 2027–28 आर्थिक वर्षबाट $250 सम्म tax offset पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

Australian Taxation Office ले भने करदातालाई tax return धेरै चाँडो lodge नगर्न आग्रह गरेको छ। ATO का अनुसार employer, bank, private health insurer लगायतका विवरण पूरा नभई tax return बुझाउँदा गल्ती हुने र refund ढिलो हुन सक्ने जोखिम रहन्छ।

यसैले जुलाई १ देखि लागू हुने परिवर्तनले करदातालाई राहत दिने भए पनि, केही फाइदा वर्षभरि pay packet मार्फत देखिनेछ भने केही फाइदा tax return lodge गरेपछि मात्र प्राप्त हुनेछ।

Advertisement