Brisbane–Gold Coast मा Measles Alert, कन्सर्ट र पर्यटन स्थलहरूमा संक्रमितको उपस्थिति रहेको पुष्टि

Queensland Health, अर्थात् क्वीन्सल्याण्ड राज्यको सरकारी स्वास्थ्य विभाग, ले Brisbane र Gold Coast का बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो हप्तामा concert, अस्पताल र प्रमुख पर्यटक स्थलहरूमा measles संक्रमितहरू भेटिएपछि विभागले बुधबार राति औपचारिक रूपमा Measles Alert जारी गर्दै जनस्वास्थ्य जोखिमबारे चेतावनी दिएको हो।

Authorities का अनुसार अक्टोबर २४ मा Brisbane Entertainment Centre मा भएको Jelly Roll concert मा तीन संक्रमित व्यक्ति उपस्थित थिए। यस्तै, अर्को व्यक्ति जसको measles संक्रमण परीक्षणबाट पुष्टि भइसकेको थियो, Gold Coast को Sea World मा आयोजित ‘Spooky Nights’ कार्यक्रममा गएको खुलेको छ। ती सबै व्यक्तिहरू त्यसपछि Gold Coast, Brisbane र Wide Bay का विभिन्न स्थानमा पनि देखिएका थिए।

ब्रिसबेनमा छुट्टै एक infected व्यक्ति नोभेम्बर ८ का दिन St Vincent’s Private HospitalNorth West Private Hospital दुबैमा केही घण्टा बसेको पुष्टि भएको छ। Authorities ले ती समयमा त्यहाँ रहेका सबै व्यक्तिलाई लक्षण देखिए testing गर्न आग्रह गरेका छन्।

Queensland Health का अनुसार यस वर्ष राज्यभर measles का ३० केस दर्ता भइसकेका छन्। स्वास्थ्य विज्ञका अनुसार measles अत्यन्त संक्रामक रोग हो, जसमा एक infected person ले नजिक सम्पर्कमा आएका १० मध्ये ९ जनालाई सजिलै सङ्क्रमित गर्न सक्छ।

लक्षण सामान्यतः ७–१० दिनपछि सुरु हुन्छन्, तर कहिलेकाहीँ तीन हप्तासम्म ढिला पनि हुन सक्छ। प्रारम्भिक लक्षणमा fever, lethargy, runny nose, moist cough, red eyes देखिन्छ। केही दिनपछि अनुहारबाट सुरु भई शरीरभरि फैलिने blotchy red rash देखा पर्छ।

Experts का अनुसार measles विरुद्धको vaccine नै सबैभन्दा प्रभावकारी उपाय हो। दुई doses vaccine ले करिब 97% सुरक्षा प्रदान गर्छ। क्वीन्सल्याण्डमा यो खोप निःशुल्क उपलब्ध छ।

Authorities ले भनेका छन्, “यदि तपाईं संक्रमितहरू उपस्थित भएको समयमा ती स्थानहरूमा हुनुहुन्थ्यो भने, आगामी ३ हप्तासम्म लक्षणमा ध्यान दिनुहोस्। कुनै पनि लक्षण देखा परे तुरुन्तै आफ्नो GP सँग सम्पर्क गरी testing गराउनुहोस्।”

सतर्कता जारी रहेकाले Queensland Health ले contact tracing र public health messagingलाई अझै तीव्र बनाएको छ। अधिकारीहरूले अनावश्यक डर होइन, खोप, सावधानी र prompt medical advice नै सुरक्षित उपाय भएको बताएका छन्।

Advertisement