आस्ट्रेलियामा सार्वजनिक सेवामा AI को प्रयोग: उत्पादनक्षमता र सुरक्षामा चुनौतीहरू

आस्ट्रेलियाली सरकारले आफ्नो सार्वजनिक सेवामा Artificial Intelligence – (AI) प्रविधिको उपयोग गर्ने योजना बनाएको छ, जसको उद्देश्य संवेदनशील क्याबिनेट सबमिशन (Cabinet Submissions) र व्यवसायिक मामिलाहरू (Business Cases) जस्ता कार्यहरूको लेखनमा सुधार ल्याउनु हो। यद्यपि, यससँगै सुरक्षा (Security) र डेटा चुहावट (Data Breach) का बारेमा चिन्ताहरू पनि उठेका छन्।

Australiaका Finance Minister Katy Gallagherले बुधबार घोषणा गर्दै भनेकी छन्,”सरकार अब आफ्नै एआई (AI) प्रोग्राम तयार गर्दैछ जसको प्रयोग सरकारी कर्मचारीहरूले आफ्नो कार्यकुशलता (Productivity) बढाउन सक्नेछन्। यस प्रोग्राममा ChatGPT, Copilot र Gemini जस्ता जनरेटिभ एआई (Generative AI) उपकरणहरू सार्वजनिक सेवामा लागू गरिनेछन्।”

पछिल्ला एआई (AI) परीक्षणहरूमा, धेरै सरकारी कर्मचारीहरूले यसलाई आफ्नो कार्यमा सहायक पाएको बताएका छन्। केहीले एआईको (AI) मद्दतले कार्यहरू छिटो सम्पन्न हुने र कार्यको गुणस्तर (Quality) सुधार हुने बताएको छ। तथापि, एआई (AI) ले प्रदान गरेको काममा Inaccuracy र डाटा सुरक्षा (Data Security) जोखिमका कारण केही कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्।

Advertisement

Gallagherले पुन थपिन :“सरकारका हरेक कर्मचारीलाई एआई (AI) उपकरणको पहुँच र प्रशिक्षण (Training) दिन चाहन्छौं जसले कार्य क्षमता (Work Efficiency) बढाउनेछ।” उनले आगामी २०२६ कोfirst halfमा “GovAI Chat” प्रोग्रामको शुभारम्भ (Launch) गर्ने योजना पनि खुलासा गरिन्।

तर, क्याबिनेट सबमिशन (Cabinet Submissions) र अन्य संवेदनशील कार्यहरूको लेखनमा एआई (AI) को प्रयोगले गोपनीय जानकारी (Confidential Information) का मुद्दा उत्पन्न गरेको छ। एक रिपोर्टमा भनेको अनुसार “Copilot जस्तो एआई (AI) उपकरणले गलत डाटा (Incorrect Data) पहुँच गर्दा सुरक्षा (Security) जोखिमहरू पनि बढेको देकाएको छ।

सरकारले बनाएअनुसार- एआई (AI) प्रयोगबाट कर्मचारीहरूको कामलाई प्रतिस्थापन (Replace) गर्ने होइन, बरु उत्पादनक्षमता (Productivity) बढाउने उद्देश्य रहेको छ। यस मुद्दामा संघ र कर्मचारीहरूसँग थप छलफल (Consultation) र समन्वय (Coordination) गरिने छ ।

कुल मिलाएर, एआई (AI) को प्रयोगले सार्वजनिक सेवा क्षेत्र (Public Service Sector) लाई थप प्रभावकारी (Effective) र उत्पादक (Productive) बनाउने आशा गरिएको छ, तर यसको साथमा सुरक्षा (Security) र गोपनीयता (Confidentiality) समस्याहरूको समाधान (Solution) पनि प्राथमिकतामा रहेको छ।