अष्ट्रेलियामा प्रमुख फुड-डेलिभरी सेवा Menulog ले नोभेम्बर २०२५ को अन्त्यसम्ममा आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ, जसका कारण कम्पनीका १२० कर्मचारी र हजारौँ कुरियरहरूलाई असर पर्नेछ। Menulog, सिड्नीमा २००६ मा स्थापना भएको एक प्रमुख फुड डेलिभरी सेवा हो, जसलाई २०१५ मा ब्रिटिश कम्पनी Just Eat ले किन्यो र पछि २०२० मा डच-आधारित Just Eat Takeaway.com द्वारा समाहित गरियो। Menulog ले चुनौतीपूर्ण परिस्थितिहरूका कारण कम्पनी बन्द गर्न लागेको बताएको छ।
कम्पनीले आधिकारिकरुपमा २६ नोभेम्बर २०२५ मध्यरातदेखि अर्डर स्वीकार नगर्ने घोषणा गरेको छ । यस निर्णयले अष्ट्रेलियामा १२० भन्दा बढी कामदार र हजारौँ स्वतन्त्र कुरियरहरूलाई प्रत्यक्ष रूपमा असर पुर्याउनेछ। कम्पनीले प्रभावित कर्मचारीलाई “Generous redundancy packages above legal requirements” र “Outplacement support” उपलब्ध गराउने आश्वासन दिएको छ। कम्पनीले कुरियरहरूलाई चार हप्ताको स्वेच्छिक भुक्तानी प्रदान गर्नेछ, यद्यपि तिनीहरू कर्मचारीका रूपमा मान्यता प्राप्त हुने छैनन्।
Menulog ले आफ्नो बन्दको कारणको रूपमा प्रतिस्पर्धा, शुल्क संरचना, र अनलाइन फुड डेलिभरी उद्योगमा आएको परिवर्तनलाई उल्लेख गरेको छ। यसले अष्ट्रेलियामा फुड-डेलिभरी बजारमा रहेका अन्य प्रतिस्पर्धीहरू, जस्तै Uber Eats etc का लागि ठूलो अवसर खोल्न सक्छ। कम्पनीले २६ नोभेम्बर २०२५ सम्म अर्डर लिन जारी राख्ने छ र त्यस मितिपछि प्रयोग नगरेका ती voucher र क्रेडिटहरूको प्रयोग गर्न सकिने छैन।

Menulog, जसले अष्ट्रेलियामा र्याप सम्राट Snoop Dogg जस्ता प्रसिद्ध सेलिब्रिटीहरूको सहयोगमा मार्केटिङ अभियान चलाएको थियो, अष्ट्रेलियामा अनलाइन फुड डेलिभरीको क्षेत्रमा एक प्रमुख ब्रान्ड बनिसकेको थियो। यद्यपि, यो बन्दले कम्पनीको भविष्यमै अन्य बजारहरूमा केन्द्रित हुने योजना झल्काउँछ।
अष्ट्रेलियामा यसको बन्दले १२० कामदार र कस्टमरसँगै साझेदार व्यवसायहरूलाई असर पुर्याउनेछ। यो कदम फुड डेलिभरी उद्योगमा एउटा महत्वपूर्ण मोड हो, जसले भविष्यमा थप प्रतिस्पर्धा र नयाँ अवसरहरू ल्याउने संभावना देखाउँछ।





