अत्यधिक झर्ने कपाल रोक्न १० प्रभावकारी उपाय

Hair fall problem. Asian woman with comb and hair problem. Hair loss from comb. Hair care and beauty concepts.

पछिल्लो समय धेरै युवाहरू अत्यधिक कपाल झर्ने समस्याबाट पीडित छन्। चिकित्सक र सौन्दर्य विज्ञहरूका अनुसार दैनिकीमा सानो परिवर्तन र सन्तुलित हेरचाहले यो समस्या नियन्त्रण गर्न सकिन्छ।

१. तेल मसाज
हप्तामा २–३ पटक हल्का तातो तेलले टाउको मसाज गर्नाले रगत सञ्चार सुधारिन्छ।
२. सन्तुलित खाना
प्रोटिन, आइरन र भिटामिन(protein, iron & vitamins)युक्त खाना कपालका लागि आवश्यक हुन्छ।
३. तातो पानी नचलाउने
तातो पानीले कपालको जरा कमजोर बनाउँछ।
४. तनाव कम गर्ने
ध्यान र योगले मानसिक सन्तुलन राख्न मद्दत गर्छ।
५. हर्बल स्याम्पु (Herbal Shampoo)प्रयोग गर्ने
Chemical युक्त स्याम्पुले कपाल झर्ने समस्या बढाउँछ।
६. अमला र Aloe Vera मास्क लगाउने
यी प्राकृतिक तत्वहरूले कपाललाई मजबुत र चम्किलो बनाउँछन्।
७. ड्रायर र स्ट्रेटनर(Dryer and Straightener) कम प्रयोग गर्ने
अत्यधिक तापले कपाल जलाउँछ र झर्ने बनाउँछ।
८. नरम Towelले सुकाउने
कपाल मिचेर होइन, बिस्तारै पुछेर सुकाउनुहोस्।
९. नियमित Trim गर्ने
टुक्रिएका छेउ हटाउँदा नयाँ कपाल स्वस्थ रूपमा बढ्छ।
१०. पर्याप्त सुताइ र पानी पिउने
शरीर हाइड्रेट रहँदा कपाल पनि स्वस्थ रहन्छ।

Advertisement