
सिड्नी । अष्ट्रेलियाको Spring Season असामान्य हुने संकेत देखिएको छ। मौसम विज्ञहरूले South Pole वरपरको पोलार भर्टेक्स (Polar Vortex) मा आएको नाटकीय परिवर्तनले आगामी हप्ताहरूमा अष्ट्रेलियाको दक्षिण र पूर्वी क्षेत्रमा अप्रत्याशित प्रभाव पार्ने चेतावनी दिएका छन्।
असामान्य कारण : Sudden Stratospheric Warming (SSW)
South Poleको स्ट्राटोस्फियर (Stratosphere) मा अचानक तातो हावा प्रवेश गर्ने दुर्लभ घटना Sudden Stratospheric Warming (SSW) का कारण पोलार भर्टेक्स (Polar Vortex) क्रमशः कमजोर हुँदै गएको छ। यसले सामान्यतया चिसो हावा नियन्त्रण गर्ने प्रणालीलाई असन्तुलित बनाउँदै अष्ट्रेलियाको मौसम ढाँचामा महत्वपूर्ण परिवर्तन ल्याउने जोखिम बढाएको मौसम विज्ञहरूले बताएका छन्।
सम्भावित असर
मौसमविद्हरूका अनुसार यदि यो प्रवृत्ति यथावत् रह्यो भने सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको सुरुवातसम्म दक्षिण अष्ट्रेलियामा चिसो हावा प्रवेश गर्ने सम्भावना छ। यसका कारण तस्मानिया, भिक्टोरिया, दक्षिण अष्ट्रेलिया र पश्चिमी अष्ट्रेलियामा वर्षा र पश्चिमी हावाको गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ। विपरीत, पूर्वी अष्ट्रेलियामा भने सामान्यभन्दा सुख्खा अवस्था रहन सक्छ। साथै, दक्षिणी राज्यहरूले मौसमअनुसार अपेक्षा गरिएभन्दा बढी तातो दिनहरू भोग्नुपर्ने चेतावनी दिइएको छ।
भारतीय महासागर डाइपोलमा प्रभाव
विशेषज्ञहरूको भनाइअनुसार, अष्ट्रेलियाको उत्तर–पश्चिम क्षेत्रमा देखिएको नकारात्मक Indian Ocean Dipole का कारण अपेक्षित वसन्त ऋतुको वर्षा पनि पोलार भर्टेक्समा आएको असामान्य परिवर्तनले प्रभावित हुन सक्छ। मौसमविद्हरूले दक्षिण ध्रुव वरपरको अस्वाभाविक हावापानी र पोलार भर्टेक्समा आएको कमजोरीले अष्ट्रेलियाको वसन्त मौसममा अप्रत्याशित चुनौती निम्त्याउने चेतावनी दिएका छन्। यसले दैनिक जीवन मात्र होइन, कृषि उत्पादन र वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पार्न सक्ने भएकाले सतर्क रहनुपर्ने सुझाव दिइएको छ।





