
मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको Gippslandक्षेत्रमा रहेको Sandy Point बीच मा करिब आठ मिटर लामो juvenile humpback Whaleको शव भेटिएपछि अधिकारीहरूले Shark आक्रमणको जोखिम बढेको चेतावनी दिएका छन्। शव भेटिएसँगै समुद्रतटलाई अर्को सूचना नआएसम्म बन्द गरिएको छ।
local surf lifesaving club नजिकै समुद्र किनारमा बगेर आएको Whaleको शव बिहीबार बिहान देखिएको थियो। प्रारम्भिक निरीक्षणमा उक्त Whaleको पुच्छर क्षेत्रमा काटिएको/टोकिएको दाग भेटिएको छ, जसले यसलाई पानीमै शार्कले आंशिक रूपमा खाएको सम्भावना देखाएको अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य जोखिम र सुरक्षाको कारण
Department of Energy, Environment and Climate Action (DEECA) ले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनेको छ, “Whaleको शव बग्दै–गल्दै जाँदा मानव स्वास्थ्यमा असर पर्न सक्ने जोखिम छ। साथै, शवले Shark लाई आकर्षित गर्ने सम्भावना भएकाले समुद्रतट तत्काल प्रभावले बन्द गरिएको छ।”
DEECA का अनुसार अष्ट्रेलियाको Wildlife Act अन्तर्गत ह्वेल संरक्षित प्रजाति हो। त्यसैले मृत वा जीवित Whaleबाट ३०० मिटर भित्र जानु कानुनविपरीत हुनेछ। “मृत Whaleलाई छुन, कुनै भाग लिन वा हस्तक्षेप गर्नेलाई कानुनी कारबाही गरिनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
कानुनी निषेध
कानुनअनुसार मृत Whaleको नजिक जानु मात्र होइन, त्यसको कुनै भाग आफ्नो कब्जामा राख्नु वा उपयोग गर्नु समेत आपराधिक गतिविधि मानिनेछ। अधिकारीहरूले मानिस मात्र होइन, कुकुर वा अन्य जनावरलाई समेत ह्वेलको शव नजिक लैजान निषेध गरिएको जनाएका छन्।
बीच कहिलेसम्म बन्द हुने ?
स्यान्डी पोइन्ट बीचलाई अनिश्चितकालका लागि बन्द गरिएको भए पनि प्रारम्भिक अनुमानअनुसार सोमबारसम्म बन्द रहने बताइएको छ। यस अवधिमा स्थानीय बासिन्दा र पर्यटकलाई अन्य वैकल्पिक समुद्रतट प्रयोग गर्न अनुरोध गरिएको छ।
भिक्टोरियामा भेटिएको यो Whaleको शवले समुद्री क्षेत्रमा Sharkसक्रियता बढ्ने आशंका बढाएको छ। समुद्रतटको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। समुद्री जीवन संरक्षण र सार्वजनिक सुरक्षाका लागि सरकारले कानुन कडाइका साथ कार्यान्वयन गर्ने बताइएको छ।
