अस्ट्रेलियाको पर्थमा नेपाली मन्दिर निर्माण हुने

नेपाली मन्दिर का लागि अस्ट्रेलियाको पर्थमा तीन महिनाको अवधिमा ५० हजार अस्ट्रेलियन डलर सङ्कलन भएको छ। उक्त तीन महिनाको अवधिमा थप १५० जना सदस्यबाट ५ लाख ५० हजार सङ्कलन भएको हो।यसका साथै पर्थमा सामुदायिक केन्द्र गुम्बा र मन्दिर बनाउने अभियानमा साथ दिने सदस्यहरूको सङ्ख्या ४०० पुगेको आर्थिक संकलन अभियानका संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए।

यस महान अभियानलाई सफल बनाउनका लागि पर्थमा बसोबास गर्ने नेपालीहरूले ठूलो हृदय पारेको उनले बताए।१० वर्ष अगाडि नै पर्थमा नेपाली मन्दिर र सामुदायिक केन्द्र निर्माणका लागि पशुपतिनाथ बौद्धनाथ अफ वेस्टर्न अस्ट्रेलिया नामक संस्था दर्ता गरेर यो अभियान सुरु गरिएको थियो।हालसम्म करिब १३ लाख अस्ट्रेलियन डलर सहयोग समेत जुटाइएको छ भने संस्थामा ४०० सदस्यहरु जोडिएको उनले बताए।समितिले पर्थ सी विधिबाट ३३ किलोमिटरको दूरीमा १ दशमलव ४ हेक्टरमा फैलिएको जग्गा खरिदका लागि बैना दिइसकेको छ।