सिड्नी, अस्ट्रेलियाको सिडनीमा कारको ठक्करबाट एकजना नेपालीको मृत्यु भएको छ। आफ्नो छोरीको २५ औँ विवाहको वार्षिक उत्सवमा भाग लिन पुगेका ७९ वर्षीय वृद्ध दामोदर श्रेष्ठको गत आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो।प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ।
अनुसन्धानमा संलग्न प्रहरीले सो घटनाको बारेमा जानकारी दिएर मद्दत गर्न सर्वसाधारणलाई अपिल गरेको छ।प्रहरीले त्यहाँ रहेको सिसिटिभी फुटेज सार्वजनिक गर्दै कार हिट एण्ड रनमा संलग्न भएको देखाइएको छ। गत आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसका लागि टोली घटना भएको अबेल रोडमा आइतबार राति ११:४५ मा पुगेको थियो।
विचलित अवस्थामा पुगेकी उनकी छोरी सगुन श्रेष्ठले बाबुलाई मद्दत नगरिकन भाग्ने चालकप्रति आक्रोश पोखेकी छन्। इ हिट एण्ड रनमा संलग्न रहेको कारको सिसिटिभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ। सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो।