सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढ्यो

Fancy designer antique golden bracelets for woman fashion studio shot.

काठमाडौं । चार दिनमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो ।विगत ४ दिनदेखि सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख ४१ हजार ८ सय तथा आइतबार १ लाख ४२ हजार पुगेको थियो ।